Logo

शेयर बजार

आज १६ सय ७१ जनाले गरे शेयर कारोबार, ५३ प्रतिशत अनलाइनबाट



नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज मंगलबार १६ सय ७१ जनाले शेयर कारोबार गरेको जनाएको छ । जस मध्ये ५२.९० अर्थात् ८ सय ८४ जनाले अनलाइन मार्फत कारोबार गरेका छन् ।

नेप्सेका अनुसार हालसम्म २७ हजार १ सय १ जनाले अनलाइन कारोबारको लागि युजर आईडी र पासवर्ड लिएका छन् ।

आज १ लाख ६ हजार ४ सय १२ कित्ता शेयर खरिद बिक्रि भई १० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ घण्टाको लागि बजार खुला गरिएको भएपनि १ घण्टा २४ मिनेट मै नेगेटिभ सर्किट लागेपछि बजार निर्धारित समय अगावै बन्द भएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।