Logo

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर



आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण गरिएको सोवा रिग्पा एशोसिएशन नेपालका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले जानकारी दिनुभयो । 

कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । हिमालयन गुगे अर्गनाइजेशनको आयोजनामा पाँच दिनसम्म सञ्चालित सो शिविरमा गिलिङ, गामी, दमकार, डि-सुर्खाङ, डे-टाँगे, छाराङ, मराङ, लो–तेर्सोक र घाँसाका वासिन्दा लाभान्वित भएका हुन् । शिविर आयोजनामा गण्डकी प्रदेशका सभासद्द्वय  इन्द्र विष्ट र चन्दमोहन गौचन तथा गाविस अध्यक्ष राजु विष्टले समन्वयकारी भूमिका खेल्नुभएको थियो । 
वडा नं १ का वडाध्यक्ष तासी डोन्डुप ठकुरी, वडा नं ३ का अध्यक्ष आम्ची सामतेन धाक्पा गुरुङ, वडा नं ४ का अध्यक्ष छिरिङ गोम्पो गुरुङ, वडा नं ५ का अध्यक्ष आम्ची छिरिङ छोडुप गुरुङ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छायालाल मोक्तोनले अहिलेको विषम परिस्थितिमा पनि विकट गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन भएकामा खुशी व्यक्त गर्नुभयो । सो अर्गनाइजेशनको आयोजनामा हरेक वर्ष यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको बताइएको छ । 

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ११:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।