काठमाण्डौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ३६ पुगेको छ । काठमाण्डौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । गत २५ असारमा मृत्यु भएका ती पुरुषको त्यसअिघ नै स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।
तर, रिपोर्ट भने मृत्यु भएपछि मात्र आएको अस्पतालले जनाएको छ । मृगौलामा समस्या भएर उपचारका लागि आएका ती पुरुषमा मृत्युपछि कोरोना देखिएको हो ।




















प्रतिक्रिया