नेपालमा कोरोना भाइरस संक्रमणबाट शनिबार थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं १०.शंकमुलका एक ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौं गोकर्णेश्वरका ७७ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।




















प्रतिक्रिया