कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा मुख्य सचिवमा नियुक्त लोकदर्शन रेग्मी अवकाशको मिति आउन अझै झण्डै साँढे तीन महिना बाँकी छ । तर, रेग्मीको अवकाश मिति ०७७ कात्तिक ३ आउन समय छँदै निजामती सेवाको उच्च पदमा पुग्न अहिले नै दौडधुप सुरु हुन थालेको खबर छ ।
सचिवमध्ये केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा सबैभन्दा सिनियर हुन् । तर यी दुवै जना उमेर हदका कारण रेग्मीभन्दा अघि ०७७ असोज २२ मा बिदा हुँदैछन् । रेग्मीले २०७७ असोज २२ अघि नै मुख्य सचिवबाट राजीनामा दिएमा त्यसपछिका सिनियर अधिकारी र सापकोटाको निजामती सेवाको सर्वोच्च पदमा रहेमा यी सचिवद्वय अधिकारी र सापकोटाको मुख्य सचिव हुने प्रतिस्पर्धाको च्याप्टर क्लोज हुनेछ ।
रेग्मीलाई २०७७ असोज २२ अघि नै बिदा गर्दा मुख्य सचिवका लागि प्रतिस्पर्धाको बाटो खुल्ने भएकाले यी दुवैले रेग्मीको व्यवस्थापनमा चासो राखेको बताइन्छ ।
परराष्ट्र सेवाबाट अहिलेसम्म कोही पनि मुख्य सचिव बनेको इतिहास छैन । तर यसपटक परराष्ट्र सचिवसमेत रहेका शंकरदास बैरागीले समेत मुख्य सचिवका लागि खुट्टा उचालेको चर्चा छ । सचिवहरु अधिकारी र सापकोटाजस्तै २०७७ असोज २२ मा बिदा हुन लागेका बैरागीले पनि अहिलेदेखि नै मुख्य सचिव रेग्मीको व्यवस्थापनबारे चासो राख्न थालेका छन् ।
स्रोतका अनुसार, मुख्यसचिव रेग्मीले राजदूत ताकेका छन् । राजदूतमा पनि चानचुने होइन, अमेरिका वा बेलायतको बनाउनुपर्ने उनको माग छ । राजदूत बन्ने रहर पूरा गर्न उनले शक्तिकेन्द्र चहार्ने गरेको चर्चा पनि चलिरहेको छ । राजदूत असम्भव भएमा अख्तियारको प्रमुखमा आफ्नो व्यवस्थापन गर्नुपर्ने रेग्मीको माग रहेको स्रोत बताउछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे २०७७ भदौ महिनामै त्यहाँबाट बिदा हुन लागेकाले रेग्मीले त्यता पनि ताकेको चर्चा छ ।
अख्तियारको नेतृत्व असोज अघि नै दिएमा अधिकारी, सापकोटासँगै वैरागीबीच मुख्य सचिवका लागि प्रतिस्पर्धा हुने अनुमान छ । बैरागी मुख्य सचिव रेग्मीका सहपाठी र रुममेटसमेत रहेको बताइन्छ । जानकारहरूका अनुसार, उनीहरूको सम्बन्ध अहिले पनि उत्तिकै हार्दिकतापूर्ण छ ।
त्यसैले यीमध्ये वैरागी नै आफ्नो उत्तराधिकारी बनून् भन्ने रेग्मीको चाहना छ । मुख्य सचिवका लागि बैरागीको लाइन मिलेमा २०७७ असोज २२ अघि नै रेग्मीले राजीनामा दिएर प्रिय सहकर्मीको मुख्य सचिव बन्ने बाटो खोलिदिन सक्ने अनुमान पनि भइरहेका छन् ।
रेग्मीको राजदूत र अख्तियारको आयुक्त हुने रहर २०७७ असोज २२ सम्मै पूरा हुन नसकेमा भने निजामती सेवाको नेतृत्व त्यसपछिका वरिष्ठतम् सचिवको हातमा जानेछ ।
अधिकारी, सापकोटा र बैरागीपछिको वरिष्ठतम सचिव चन्द्र घिमिरे भएकाले स्वभाविक रूपमा उनले कर्मचारी संगठनको नेतृत्व गर्ने सम्भावना रहन्छ ।
तर, प्राविधिकतर्फका वरिष्ठ सचिव डा। विश्वनाथ ओली९वन० र मधुसुदन अधिकारी९शहरी विकास० र अर्का सचिव केदारवहादुर अधिकारी (पर्यटन)ले पनि वरिष्ठतम भएको भन्दै मुख्य सचिवको दाबी पेस गर्न सक्ने अवस्था छ ।
त्यसो भएमा ४ सचिवबीच मुख्य सचिवको प्रतिस्पर्धा हुने सम्भावना रहन्छ । तर, प्राविधिकतर्फका सचिवको मुख्य सचिव बन्ने सम्भावना कम रहेकाले घिमिरे र अधिकारीकै सम्भावना बढी रहेको निजामतीका जानकारहरू बताउँछन् ।साँघु न्यूजमा समाचार छ ।




















प्रतिक्रिया