Logo

बैंकिङ

अर्काे वर्ष नेपालको जिडिपी १ दशमलव ५ प्रतिशमा पुग्ने एडिबीको प्रक्षेपण 



एसियाली विकास बैंक (एडिबी)ले मंगलबार  ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर यसवर्ष २.३ प्रतिशत कायम रहनुका साथै अर्को वर्ष घटेर १.५ प्रतिशतमा पुग्ने छ ।
 
रिपोर्ट अनुसार नेपालको जिडिपी वृद्धिदर २०२० मा २.३ प्रतिशत र २०२१ मा १.५ प्रतिशत प्रक्षेपण गरिएको छ। उक्त रिपोर्टअनुसार पछिल्लो २ वर्ष अर्थात सन २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो । 

कोभिड( १९ महामारीका कारण यसवर्ष दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण एडिबीको छ । सन २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा खस्किने देखिएको छ । यसवर्ष माल्दिभ्सको जिडिपी २०.५ प्रतिशत ऋणात्मक रहने देखिएको छ । त्यस्तै, भारतको वृद्धिदर ९, श्रीलंकाको वृद्धिदर ५.५, अफगानस्थानको वृद्धिदर ५ र पाकिस्तानको ०.४ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरिएको छ ।

दक्षिण एसियाका तीन मुलुक बंगलादेश, भुटान र नेपालको आर्थिक वृद्धिदर गतवर्षको तुलनामा घटेपनि ऋणात्मक भने हुनेछैन। यी मुलुकको वृद्धिदर क्रमशः ५.२, २।४ र २.३ प्रतिशत रहनेछ । सन २०२० मा बंगलादेशको आर्थिक वृद्धिदर एसियाका सबै मुलुकको भन्दा बढी रहने प्रक्षेपण पनि एडिबीको छ ।

एसिया महाद्विपमा पछिल्लो ६ दशक यताकै न्युन आर्थिक वृद्धिदर रहने ठानिएको छ । सन १९६० पछि पहिलोपटक एसियाको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको एडिबीको रिपोर्टमा उल्लेख छ । कच्चा पेट्रोलियम पदार्थको मुल्यमा घट्दोक्रम र अरु वस्तुको पनि उपभोगमा कमि आएपछि घट्ने बजार मागका कारण यसवर्ष एसियामा २.९ प्रतिशत र २०२१ मा २.३ प्रतिशतको मुद्रास्फीति रहने आंकलन पनि एडिबीले गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।