पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
त्यस्तै सोमबार एकै दिन थप ७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको कोरना परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ । हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् ।




















प्रतिक्रिया