पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मुल्यांकन गर्दै अनामनगरमा पूर्वीगेट अगाडी स्यानिटाईजरको व्यस्था गरिएको छ । फिल्म वितरक, कलाकार तथा जागौ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वीगेटको अपोजिटमा स्यानिटाईजर बुथ रखिएको हो ।
सो को उद्धघाटन कलाकार दिपक राज गिरी, अनामनगर प्रहरी बृत्तका प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेत, गुण सिनेमा प्रा.लि. का संचालक महेश प्रसाद किजु जागौ युवा अभियानका अध्यक्ष करन श्रेष्ठ, पत्रकार विनोद चौलागाईले चलचित्र पत्रकार संघका महासचिब समिर बलामिले गरेका थिए । त्यहाँ आवतजावत गर्ने बटुवाहरूले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् ।
जागौँ युवा अभियानद्वारा अनामनगरमा वृक्षारोपन,कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै मास्क वितरणका साथै जनचेतना फैल्याउने काममा सक्रिय रहेकाे छ । करन उक्त समुहका अध्यक्ष पनि हुन् । उनले आफु रहने ठाउँहरुमा सबैले यस्तै किसिमको व्यस्था गर्न आग्रह पनि गरे । हामीले आफ्नो निवास र कार्यस्थल र टोल टोलमा यस्ता स्यानिटाईजर बुथको स्थापना गर्न सक्यौ भने पनि जोखिमलाइ केहि कम गर्न सक्छौँ करनले भने । उनले यो कार्यबाट युवालाई प्रेरित हुन् आग्रह पनि गरे ।




















प्रतिक्रिया