Logo

प्रमुख समाचार

मकवानपुरमा १० प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा १० जना प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये अधिकांश हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

जस मध्ये उपमहानगरपालिका ९ का ७ जना, हेटौँडा ५ का ४जना, हेटौँडा ४ का ४ जना, हेटौँडा २ का एक जना, हेटौँडा १० का एक जना र हेटौँडा १३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको चौलागाईंले बताए । चितवन र काठमाण्डौ घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको हो ।

त्यस्तै बिहीबार १० प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये तीन जना प्रदेश प्रहरी कार्यालय हेटौँडाका रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबार १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।