काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं आजदेखि काठमाडों उपत्यका प्रवेश गर्न र बाहिर जान रोक लगाएको छ ।
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास बन्द गरेर आउजाउँमा रोक लागेको हो ।केहिदिन यता निरन्तर रूपमा बढ्दै गएको कोरोना संक्रमणले जोखिम बढाउँदै लगेपछि यहाँ त्रास उत्पन्न भएको छ ।
गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।




















प्रतिक्रिया