वीरगन्ज र कपिलबस्तुमा गरी थप दुइ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका क्रममा आज मृत्यु भएको हो ।
यस्तै, एकसातादेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ६० वर्षाीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको हो ।कोरोना अस्पतालका इन्चार्ज डा।उदयनारायण सिंहका अनुसार ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए ।
डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १ सय २ पुगेको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो समय धनुषा ४ का ५० बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो ।
मृत्यु हुनेमा ७८ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ ।
जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज कोरोनाबाट मोरङ र सिरहाका एक–एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको बताएका थिए।
यसैबीच,नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । विगत २४ घण्टामा २४० जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।
हालसम्म १७ हजार ७७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए ।मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै धेरै ११ हजार ५७५ जनाको नमूना परीक्षण गरिएको थियो । पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच, कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । हालसम्म चार लाख ९४ हजार ६१३ जनाको पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् ।
















प्रतिक्रिया