पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याो सँगै नेपालमा संक्रमितको संख्या २७,२४१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै सोमबार थप १६० जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १७,४९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहड, मोरङ र काठमाडौंका थप तीन जनाको कोरोनाका कारण निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया