Logo

स्वास्थ्य

माधव नेपालका सात अङ्गरक्षकलाई कोरोना संक्रमण



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको बताए । गोरखापत्रबाट मुकुन्द गैरेको रिपोर्ट

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल ८ लाख २ हजार ९ सयको मृत्यु भइसकेको छ । विश्वभर कुल संक्रमित संख्या २ करोड ३१ लाख ८ हजार पुगेको छ । सबैभन्दा बढी अमेरिकामा ५७ लाख ९६ हजार संक्रमितमध्ये एक लाख ७९ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ३५ लाख ३६ हजार संक्रमितमध्ये एक लाख १३ हजारको मृत्यु भइसकेको छ । भारतमा २९ लाख ७३ हजार संक्रमितमध्ये ५५ हजार ९ सयको मृत्यु भएको छ । रुसमा ९ लाख ४६ हजार संक्रमितमध्ये १६ हजारको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख संक्रमितमध्ये १२ हजारको मृत्यु भइसकेको छ ।

चीनको वुआनबाट फैलिएको कोरोना संक्रमणले अहिले दक्षिण र उत्तर अमेरिकालाई सबैभन्दा प्रभावित पारेको छ । युरोपमा पनि समस्या फेरि बढेको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।