कोरोना भाइरस महामारीका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिला र सिरहा जिल्लाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुष रहेका छन् ।
दम र निमोनियाले ग्रस्त महिलाको शुकबार विहान चितवन मेडिकल कलेजमा मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो ।




















प्रतिक्रिया