काठमाडौँ, काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित शेरा शेर्पाको घरमा डेरा गरी बस्ने पर्सा घर भएको ३२ वर्षीय सुक बहादुर पाख्रिनको डेरा कोठाबाट मंगलबार साँझ नगद ५० हजार रुपैयाँ र करिब ३ तोला सुनका गहना समेत गरी करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१७ मङ्गलबजार त्यागलस्थित डेरा गरी बस्ने सुनसरी लौकी घर भएका वसन्त शाहको डेरा कोठाबाट मंगलबार दिउँसो नगद ५ हजार रुपैयाँ र करिब २ तोला सुनका गहना समेत गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।





















प्रतिक्रिया