Logo

मनोरञ्जन

बरिष्ठ कलाकार बि.एस राणाको ७८ वर्षको उमेरमा निधन



वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा  शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बताएको छ।

वि.एस राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । सन् १९९९ साउनमा नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।

वि.सं. २०४१ सालमा फिल्म ‘अन्याय’ बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘अपराध’, ‘माया त माया हो’, ‘वसन्ती’, ‘देश’, ‘कसले चोर्‍यो मेरो मन’, ‘सेतो बाघ’ लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए ।

उनले ‘सिद्धार्थ’ र ‘वसन्ती’ चर्चित नाटकको निर्देशन समेत गरेका छन्  । ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ जीवन व्यतित गर्दै आइरहेका थिए । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ३ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।