प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको फागुन ३ गते एक वर्ष पुग्दै छ । ओलीले गत फाागुन ३ गते कार्यभार सम्हालेका थिए । कार्यभार सम्हाल्ने क्रममा सपथ लिँदै ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता भनी घोषणा समेत गरेका थिए । तर, विस्ताारै सरकारले आफ्ना गतिबिधीहरु गर्दै जाँदा ओलीको बाचा विपरित काम भईरहेको खुलस्त देख्न सकिन्छ ।
प्रधाानमन्त्री ओलीले आफ्नो बाचा पुरा गर्ने बताएका भएपनि ओलीलाई अहिलेसम्म उनी नै भ्रष्टाचारका नाइके बन्दै आएको आरोप लाग्न थालेको छ । विभिन्न समयमा सरकारले गरिरहेको गतिविधी निराश बनेका जनताहरुले ओलीले देशमा ताानाशाहि व्यवस्था लाद्न खोजेको आरोप उनले पाउदै आएका छन् ।
पछिल्लो समय जनताहरुको ओलीमाथिको विश्वास समेत खस्एकदै गएको छ । उनले जसले शून्य सहनशीलता भनेका थिए। अहिले उनी नै भ्रष्ट बने भन्दै जनगुनासोको चोक चोकमा हुन थालेको छ । ओली सरकारलाई पहिलो त निर्मला हत्या प्रकरणमा सरकार असफल बनेको आरोप खेपिरहेको सरकार पछिल्लो वाईडबडि प्रकरणले अझ उत्कृर्षामा ल्यायो । जनताले विश्वास गरेर दुई तिहाइर्ए सहित सरकारमा पठाएको नेकपा अहिले आफ्नै आान्तरिक किचलोमा फसिरहेको छ ।
प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको आन्तरिक विवादका कारण उनीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाईरहेका छन् । भाषण गर्दा भ्रष्टाचारीको अनुहार समेत हेर्दिन भन्दै भाषण गर्ने ओली नेतृत्वको सरकाले गरेका हरेक आयोजनामा अहिले भ्रष्टाचचार भएको पाईएकाो छ । संसदीय छानविन समितिलाई वेवास्ता गर्दै वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविन गर्न आयोग गठन गरिएको भएपनि अहिले सम्म यसबारेमा केहि छानबिन भने हुन सकेको छैन् ।
४५ दिनको समयमा सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने गरी एक पूर्व न्यायाधीशको संयोजकत्वमा आयोग गठन गरे पनि त्यो आयोग कहाँ छ पत्तो छैन ।प्रतिवेदन बुझाउने समय यही साता सकिँदैछ । यसबाटै स्पष्टै हुन्छ ओलीको नियत । उनले वाइडबडी विमान खरिद प्रकरणलाई यथास्थानमा राखेर काण्डलाई नै अल्झनमा पार्न चाहन्छन् ।
होइन भने संसद्को सार्वजनिक लेखा समितिले बनाएको उपसमितिले बुझाएको प्रतिवेदनमा चार अर्ब ३५ करोड बढी भ्रष्टाचार भएको दाबी गरिएको थियो ।त्यो दावीमा अहिलेका पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि दोषी देखिएका छन् । तर ओलीले त्यो काण्डलाई नै ढाकछोप गर्न खोज्नुको मतलब के हो ?
लेखा समितिले पनि उपसमितिको प्रतिवेदनलाई हुबहु नगरी केही परिमार्जनसहित प्रतिवेदन पारित गर्दै कारबाहीका लागि सरकारलाई निर्देशन दियो ।
तर ओलीले अब आफ्ना मान्छेहरु भ्रष्टाचारी कहलिने र आफ्नो अझ बढी बदनाम हुने भएपछि लेखा समितिको निष्कर्ष आउनुअघि नै ओलीले छानविन आयोग बनाए ।
संसदकै अपमान गर्ने किसिमले ओलीले गरेको हस्तक्षेप कतै पनि सहनयोग्य थिएन । कार्यपालिकाले व्यवस्थापिकामाथि ठाडो हस्तक्षेप गर्दा पनि न्यायपालिकाले रमिता हेरेर बस्यो । शक्ति पृथकीकरणको धज्जी त्यतिबेला उड्छ जतिबेला आपसमा ‘मतलब’ जोडिएको हुन्छ ।
ओलीले गत पुस १९ गते पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । तर अचम्म त के भने प्रतिवेदन बुझाउन केही दिनमात्र बाँकी रहँदा त्यो आयोगका सदस्यहरु आफूलाई यसबारे औपचारिक जानकारी नआएको बताउँछन् । अर्थात् उनीहरुलाई उक्त आयोगको सदस्य वा अध्यक्ष तोकिएको भन्ने केही पत्र आएन ।
यसबाट नै स्पष्ट हुन्छ कि ओलीले दुनियाँलाई बेबकुफ बनाए । तर के ओली यसबाट बच्न सक्छन् ? फागुन ३ मा ओलीले यसबारे के जवाफ दिन्छन् ?
त्यति ठूलो घोटालालाई ओली सरकारले निकै फितलो रुपले लियो । घटना जति ताजा हुन्छ त्यति नै यसले चरम रुप लिन्छ । तत्कालै सत्यतथ्य पत्ता लाग्छ । तर यदि यसलाई लम्ब्याउने काम गरियो भने त्यसले अर्कै रुप पनि लिन सक्छ ।
ओलीले यसरी देशलाई धोका दिए पनि मुद्दा भने सीमित हुने छैन । सार्वजनिक लेखा समितिले सरकारलाई मात्र हैन थप छानबिन गरी दोषीमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको थियो ।
सरकारले यो मुद्दालाई फितलो बनाउन खोजे पनि अख्तियारलाई त्यो छुट छैन । अख्यिार यसै पनि ठूलामाछाको प्रतिक्षामा बसेको बर्षौं भइसकेको छ । यति ठूला माछाहरु अगाडि भइरहँदा अख्तियारलाई पनि ठूलै चुनौती देखिएको छ ।
स्रोतका अनुसार यो काण्डमात्र हैन यसभन्दा ठूला काण्डमा ओलीले हस्तक्षेप गर्न सक्ने देखिएको छ । एनसेलको मुद्दा उठिरहेको छ । राजस्व उठाउने सवालमा एक पैसा पनि नछाड्ने सरकारी नीति छ ।
के ओलीले एनसेललाई छुट दिन अर्को नाटक चल्लान् ? किनकि एनसेलबाट नेकपाले चुनावका बेलामा अपत्यारिलो मोटो चन्दा रकम हसुरेको उच्च स्रोतको दावी छ ।
ओलीले नेपाल टेलिकमको फोरजी विस्तारका क्रममा पनि झण्डै १२ अर्बको घोटाला गरेको आरोप छ । यदि यस्तो भयो भने कसले सम्हाल्छ मुलुक ?
हुनत राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ सशस्त्र प्रहरीको एपिएफको मुख्यालय हलचोक मैदानमा भएको अख्तियारको वार्षिकोत्सवमा भनेकी थिइन्, ‘भ्रष्टाचार नियन्त्रण गर्ने व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बनापूर्ण हो ।’
उनको यो भनाइले कसकसलाई हान्यो त्यो त उनै जानुन् तर उनको भनाइ प्रधानमन्त्री ओलीदेखि अख्तियारका प्रमुखसम्मले नै राम्रैसंग सुनिरहेका थिए । सरकारले गरेका हरेक काम कारवाहिहरुले अहिले जनता हसाउने बाहेकको काम गर्न सकेको छैन् । ओलीलाई जनताले हेर्ने दृष्टिकोण समेत अहिले फेरिदै गडएको छ । अब के हुन्छ ओलीको बाटो ? कसरी चल्छ नेकपा ?
यस्ता अनेक प्रश्नहरुको वर्षात नेकपाका कार्यकर्ताहरुमा छ । उनीहरु सरकाराको काम देखेर अत्तालिएका छन् । अहिले काार्यकर्तााहरुलाई समेत नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनु्हार भनेर्झै भएको छ ।
प्रतिक्रिया