प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दिलएको एक बक्तव्यले ाज हंगामा मच्चाएको छ । प्रधानमन्त्री ओलीले बढुवा गर्दा आएको समस्याहरुबारे बोल्दै प्रहरीलाई कडा निर्देशन दिलएपछि हंगामा मच्चिएको हो । प्रधानमन्त्री ओलीले निर्देशन दिने क्रममा प्रहरीलाई कसैकाो चाकडि नबन्नोस देशको सच्चा सेवक बन्न भनेका थिए ।
ओलीले प्रहरीमा दलाली वा चाकडी गर्ने हरुको व्यापक समस्या देखिएको भन्दै यस्तो भनेका थिए । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका हुन् ।
नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’
प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’
प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीका साथमा गृहमन्त्री रामबहादुर थापाले पनि आतिथ्यता ग्रहण गरेका छन् । हरेक वर्ष मनाईदै आएको दीक्षान्त समारोह यस वर्षपनि प्रहरीले धुमधामकाा साथ मनाएको छ ।
प्रतिक्रिया