Logo

प्रमुख समाचार

ओली खुईल्याउन लागिन राष्ट्रपति, यसरी खोलिन कम्युनिष्ट सरकार पोल, प्रचण्ड चकित



नेकपा नेतृ एबम राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा सरकारलाई खुईल्याउन लागिपरेकी छिन् । मुलुककै सर्वोपरी राष्ट«पति पदमा आसिन भण्डारीले सरकारले पछिल्लो समय गरेको गतिविधीहरुबारे असन्तुरष्ट जनाएकी छन् ।

यतिबेला सरकारको चारैतिर बाटो आलोचना भइरहेको बताउँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको बतााईन । उनले साोमबार काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकमा भ्रष्टाचार बढेको ट्रान्सप्रेन्सी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख भएको जिकिर गरिन्।उनले भनिन्,‘भ्रष्टाचार बढेको विभिन्न संचारमाध्य पढीयो तर भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने समेत सुनिन थालेपछि यो सबैको लागि चिन्ताको विषय रहेको छ।’

राष्ट्रपति भण्डारीले भ्रष्टाचारलाई विषबृक्षको संज्ञा दिएकी छन् । ‘विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत् र तहसनहस बनाउँदै जान्छ , ‘ उनले भनिन् ।

भ्रष्टाचारले सम्बन्धित व्यक्तिलाई मात्रै नभइ उसको परिवारलाई समेत नकरात्मक असर पार्ने उनको भनाइ छ । देशको भविष्यलाई समेत ध्यान दिदै भ्रष्टाचारलाई छिटोभन्दा छिटो निर्मूल पार्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएकाहरुबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीपूर्ण विषय रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ९ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।