Logo

राजनीति

राजनीतिमा धमिलो पानीमा माछा मार्नेलाई छुट दिईदैन : गृहमन्त्री थापा



गृहमन्त्री रामबहादुर थापाले राजनितीमा धमिलो पानीमा माछा मार्नेलाई कुनैपनि हालतमा छुट नदिने बताएका छन् । गृहमन्त्री थापाले अहिले सम्म पयिन मुलुकमा अझै पनि संविधान विरोधी गतिविधि संञ्चालन भइरहेको बताउदै यस्तो बताएका हुन् ।

मंगलबार निरीक्षक आधारभूत तालिम १ सय ७८ औं समूहको दीक्षान्त समारोहमा बोल्दै थापाले भने्, ‘बिद्रोहि तत्वहरुले संविधान विरोधी गतिविधि संचालन गरिएका छन् । त्यसप्रति सुरक्षा चनाखो रहनुपर्छ ।’

मन्त्री थापाले संविधान विरोधी गतिविधि सह्य नहुने बताउदै संविधानको मर्म विपरीत र मुलुकलाई विखण्डन पार्ने खालको गतिविधि गर्ने छुट नदिने बताएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।