Logo

राजनीति

ढोकामै रोकेर नेविसंघले देउवा सहितका पदाधिकारीलाई, यस्तो दियो चेतावनी



नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टि सभापति सहितका नेताहरुलाई ढोकैमका रोकेर चेतावनी दिएको छ । नेविसंघले उनीहरुलाई पार्टिको बैठक जानु अघि ढोकामै रोकेर चेतावनी दिएको हो ।

नेतााहरु केन्द्रिय कार्यसमितीको बैठक बस्नका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । नेविसंघले उनीहरुलाई मूल द्वारमै रोकेर विधान विपरित ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गर्नुअघि सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द निधि, विजय कुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्ण बहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्ब अध्यक्ष एवं केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत नेताहरुलाई कार्यालयको मूल ढोकामा नै विद्यार्थीहरुले रोकेका हुन् ।

उनीहरुले पार्टीले कुनै पनि हालतमा विधान उल्लंघन गरी ३२ वर्ष माथिका उमेर समूहहरु मध्येबाट नयाँ तदर्थ समिति गठन गरिए विद्यार्थीहरुको समूहले विधानमा रहि समानान्तर समिति गठन गर्ने चेतावनी दिएको नेबिसघंका नेता निरन्जन थापाले बताए।

नेबिसघंका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, उमेश थापामगर, नवराज त्रिपाठी, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा लगायत बिद्यार्थीहरुले यस्तो चेतावनी दिएका हुन् । समयमा महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै नेविसंघको महाधिवेशनको लागि तदर्थ समिति मंगलबारको केन्द्रीय समिति बैठकले गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ११ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।