रुकुम पूर्वमा माओबादिको प्रहारबाट एक महिला घाईते भएकी छिन् । रुकुम पुर्वको सामान्य विवादमै ति माओबादि कार्यकर्ताले कुटपिट गर्दा उनी घाईते बनेकी हुन् ।
यसरी महिलामाथि शक्ति प्रदर्शन गर्ने ति माआोबादि कार्यकर्ता जिल्लाको पूथ उत्तरगंगा गाउँपालिका वडा न ११ का वडाध्यक्ष जयकुमार बुढा रहेको छन् । बुढाले सौचालय निर्माणको बेलामा भएको सामान्य विवादमै ति महिलालाई हेलमेटले हानेर घाइते बनाएका हुन् ।
वडाअध्यक्ष बुढाले सो िठाउँकी स्थानिय बासिन्दा रहेकी जयपुरी बुढालाई अन्धाधुन्द हेलमेटले टाउकोमा प्रहार गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले दिएको जानकारी अनुसार बुढाले महिलालाई कुटपिट गरेको विषयमा ठाडो उजुरी आएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार महिलालाई शौचालय निर्माणको विषयमा विवाद हुँदा हेलमेटले हानेको भनेर ठाडो उजुरी आपछि छानविन सुरु गरिएको छ । महिलाको अवस्थगा भने सामन्यजनक रहेको प्रहरकिो दाबि छ ।
तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष जयकुमार बुढा बेलाबेला विवादमा आइरहने गरेको स्थानीयको आरोप छ । कुटाइखाने महिला जयपुरी बुढा पनि उनकै पार्टीकी स्थानीय नेतृ हुन् ।
आइतबार बिहान वडाध्यक्ष जयकुमार बुढाले शौचालय निर्माण उपभोक्ता समितिकी महिला सदस्य समेत रहेकी जयपुरी बुढालाई कुटपिट गरेको हुन् ।
शौचालय निर्माणका विषयमा छलफल भैरहेका बेला वडाध्यक्ष जयकुमार बुढाले आफ्नी दिदी जयपुरी बुढालाई एक्कासि हेलमेटले टाउकोमा हानेर घाइते बनाएको बताए ।
शौचालय बनाउन गाउँपालिकाले ५ लाख बजेट दिएको छ । सोही बजेटमा महिला भवनको शौचालयको काम भैरहेको छ ।
वडाध्यक्ष जयकुमार बुढाको कुटाइबाट घाइते जयपुरी बुढाको रुकुमकोटमा रहेको अस्पतालमा उपचार भैरहेको छ । कुटाइ खाने जयपुरीले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन् ।
वडाध्यक्ष जयकुमार बुढाले शौचालय निर्माणका विषयमा प्राविधिकको निर्देशनअनुसार काम किन नगरेको भनेर सोध्दा उल्टै आफूमाथि जयपुरी बुढाले ढुंगा प्रहार गरेको अरोप लगाएका छन् । आफुले प्रतिउत्तरमा उनलाई हानेको समेत स्विकार गरेका छन् ।
प्रतिक्रिया