आर्थिक हिसाबले विश्वमा सबैभन्दा पावरफुल मानिदै आएको अमेरिकाको आार्थिक स्थीती पछिल्लो समय कमजाोर बन्दै गएकोा हो । अमेरिकाले नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प आएपछि अहिले हमेरिकाको अर्थतन्त्र कमजोर बन्दै गएको हो । अमेरिकालाई राष्ट्रिय ऋणको भार बढदै गएपछि अर्थतज्न्त्रपनि कमजोर बनिरहेको छ । अहिले अमेरिकोको राष्ट्रिय ऋण २२ ट्रिलियन अर्थात २२ खर्ब डलर पुगेको छ ।
अमेरिकामा ट्रम्प राष्ट्रपति बन्नु अघि नै जटिल बन्दै गएको व्यापार घाटा र ब्याज भुक्तानीमा भइरहेको वृद्धिले १९ ट्रिलियन डलर बराबर राष्ट्र ऋण पुगेको थियो । दोस्रो विश्व युछ पछि अमेरिकामा राष्ट्र ऋण बढेर पहिलो पटक कुल गार्हस्थ उत्पादन (जिडिपी) सँग बराबर भएको छ ।
विगतमा ऋणभार र सरकारी नीतिको बारेमा विरोध गर्ने रिपब्लीकन पार्टीले राष्ट्र ऋण बढदै गएको विषयमा अहिले केहीपनि बोलेको छैन् । हुनत अमेरिकामा बिल क्लिन्टनको कार्यकालमा मात्र अमेरिकी बजेट सकारात्मक थियो । तर त्यस पछि लगातार बजेट घाटा बढदै गएको छ । बाराक ओबामाको कार्यकालमा रहेको समय सन २००८ मा विश्वव्यापी सङ्कटका कारण सरकारी खर्च बढाएकाले त्यस यता लगातार रुपमा अमेरिकामा वित्तीय असन्तुलन देखिएको छ । सन २०१७ मा राष्ट्रपति ट्रम्पले कर्पोरेट करमा व्यापक कटौती गरी प्रतिरक्षा खर्चमा वृद्धि गर्दा वित्तीय घाटा थप बढेको विश्लेषण समाचार माध्यमहरुमा आएका छन् ।
अमेरिकी अर्थतन्त्रमा तिब्र वृद्धि भइरहेको भएपनि बजेट घाटामा देखिएको उच्च वृद्धिका कारण अहिलेको आर्थिक संकटलाई विश्व समुदायले निकै चासोसाथ हेरिरहेका छन् । अमेरिकाको अर्थतन्त्र सन २०१२ यताकै सबैभन्दा कमजोर अवस्थामा रहेको विश्लेषण गर्न थालिएको छ । एजेन्सी
प्रतिक्रिया