Logo

अन्तर्राष्ट्रिय

आफ्नै श्रीमतिको बञ्चरोलेप्रहार गरि टाउको लिएर जब पुसिलचौकी पुगे श्रीमान



श्रीमती अर्कैसंग लाग्दा होस् वा श्रीमान अर्कैसंग लाग्दा होस् विभिन्न समयमा ठुलो घटनाहरु घट्ने गरेका छन् । सोहि कारणले कतिपयले आफ्नो परिवार समेत उजाड गरेका घटनाहरु बेला बेलामा आउने गरेका छन् ।

केहि दिन पहिले आफ्नो श्रीमान अर्कैसंग लागेको भन्दै श्रीमतिले अण्डकोष बाहिर निकालि दिएको घटना ताजै रहेको बेला फेरी भारतमा उस्तै अर्को घटना घटेको छ । भारतको मध्यप्रदेशको मुरैना जिल्लाका एक युवाले बुधबार श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् ।

मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए । ’

उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए ।

श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् । स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको बताए । पुलिसले भने, ‘बुधबार पनि दुईजना बीच झगडा भयो । विवाद यति बढ्यो कि कल्याणले पंकजको टाउको बञ्चरोले काटिदिए ।’

उनीहरुको विवाह भएको १० वर्ष भइसकेको थियो । यी दुईका तीन सन्तान पनि छन् । पुलिसका अनुसार पंकजको हत्या गरेपछि कल्याण उनको टाउको हातमा लिएर महुआ थाना पुगेका थिए ।

हातमा महिलाको टाउको देखेर सबै डराए । कल्याणलाई त्यसपछि पक्राउ गरियो । पुलिसका अनुसार घटनाका बेला उनीहरुका सात वर्षका जेठो छोरा घरमा थिए । पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । -बीबीसी हिन्दि

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ३ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।