प्रदेश २ का एक मन्त्रीले घरबाटै मन्त्रालय चलााउने गरेको भेटिएको छ । सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि उनी एकदिन पनि मन्त्रालय गएका छैनन् ।
उनले जनताको जनचाहाना अनुसार काम नगरेको भन्दै पार्टिले हटाउने निर्णय गरेको छ । यस्तो हर्कत गर्नेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय रहेका छन् । मन्त्री रायको पद धरापमा परेपछि उनी पद बचाउँन अहिले नियमित मन्त्रालय जान थालेका छन्।
स्रोतका अनुसार मन्त्रालय नै नजाने मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने राष्ट्रिय जनता पार्टी ९राजपा० भित्र जोडदार माग उठन थालेपछि उनी नियमित मन्त्रालय जान थालेका हुन।
मन्त्री नै मन्त्रालय नआएपछि काम रोकिएको भन्दै जनतासमेत आलोचनामा उत्रिएपछि मन्त्री राय विगत २ सातादेखि हप्तामा ३ दिन मान्त्रालय आउने गरेको मन्त्रालयका एक कर्मचारीले बताए। जनकपुरमा गत फागुन १० गतेदेखि जारी राजपाको केन्द्रीय समिति बैठकमा मन्त्री रायलाई फिर्ता बोलाउनु पर्ने माग जोडदार रुपमा उठेपछि उनी आइताबारदेखि नियमित मन्त्रालय आउन थालेका हुन्। मन्त्री राय सोमबार पनि मन्त्रालयमा हाजिरी भएका छन्।
संघीय समाजवादी फोरमको नेतृत्वमा बनेको प्रदेश २ सरकारमा सत्ता घटक राजपाले तीनवटा मन्त्रालय पाएको छ। जसमध्ये मन्त्री राय उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन्। एक कर्मचारीका अनुसार मन्त्रीको जिम्मेबारी पाएपछि उनी वर्षमा एकसाता पनि कार्यालयमा उपस्थित भएका थिएनन्। गत वैशाखमा मन्त्री रायलाई हृदयघात भएको थियो। मन्त्रालय तेश्रो तल्लामा भएको कारण आफुलाई चढ्न ओर्लिन समस्या हुने भन्दै मन्त्री राय आवासमै बसेर मन्त्रालयको काम गर्ने गरेका थिए।
मन्त्रीले सरकारी आवासबाटै मन्त्रालय चलाउँदै आएको कारण मन्त्रीको हस्ताक्षर गर्नुपुर्दा कर्मचारी फाईल बोकेर आवासमै पुग्ने गरेका थिए। बाहिरबाट कामका लागि आएका सेवाग्राहीलाई समेत मन्त्रीको आवासमै पुग्नु पथ्र्यो।
मन्त्रालय नजाने मन्त्री राय पार्टीका साथै अन्य कार्यक्रमहरुमा भने सहजै जाने आउने गरेका थिए। उनले आफू कर्मचारीजस्तो ‘डे–टु डे’मन्त्रालय पुग्नै पर्वे बाध्यमा नरहेको जिम्मेवारी अभिव्यक्ति दिने गरेका थिए। मन्त्री नै अनुपस्थित भएपछि मन्त्रालयले एउटा विधेयक समेत निर्माण गर्न सकेको छैन।
प्रतिक्रिया