Logo

राजनीति

विधान पारित भएपछि कांग्रेसमा तिन समिती, यसरी हुदैछ गठन



नेपाली कांग्रेसको नयाँ विद्यान पारित भएसंगै समिती गठन प्रक्रियण अगाडि बढाईएको छ । यसका लागि कांग्रेस शिर्ष नेताबीच छलफल भएको छ । सोमबार साँझ सभापति देउवा निवास बुढा निलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो संगै सभापति देउवाले समिति गठन गर्ने गृहकार्य शुरु गरेका छन् ।

सभापति देउवाले बैठक बोलाएर अनुशासन समिति, निर्वाचन समिति र विधान नियमावली मस्यौदा समितिका लागि सदस्यको नाम मागेका हुन् ।

सभापति देउवाले समितिमा रहने सदस्यहरूको नाम नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग मागेको एक नेताले बताए ।

मंगलबार केन्द्रीय समितिको बैठक बसेर अनुशासन समिति, निर्वाचन समिति र नियमावली संशोधन समिति बनाउने तयारी छ । यी समिति छिटो गठन गर्नुपर्ने भएकोले पौडेल र सिटौलासँग नाम मागिएको हो ।

अनुशासन र निर्वाचन समिति पाँच–पाँच सदस्यीय बन्दा पौडेल र सिटौलालाई एक–एक सदस्य दिने तयारी संस्थापनको छ ।
अनुशासन समितिमा यसअघि भीष्मराज आङदेम्बेलाई संयोजक बनाएर देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई आफ्नोतर्फको सदस्य बनाउने तयारी देउवाको थियो ।

पछिल्लो केही दिनयता अनुशासन समितिको संयोजकमा मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा छ । विधान मस्यौदा नियमावली समिति ७ देखि ११ सदस्यीय बन्ने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको समितिहरू लामो समयदेखि रिक्त छन् । देउवाले ती समितिहरूलाई पूर्णता दिएर कांग्रेसलाई सक्रिय बनाउने गरी तयार थालेका हुन् ।

नेपाली कांग्रेसको विधान दुई दिन अगाडि पारित भएसँग नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको छ । कांग्रेसले अब नेताहरूलाई जिल्लामा खटाइ संगठन निर्माण गर्नुपर्ने सुझाव आउन थालेका छन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ७ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।