Logo

बिजनेस

कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा



कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फागुन १४ गते आफ्नो ६८औं शाखा कार्यालयस्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संमिप्तजानकारी गराउनु हुँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थपशाखाहरु पनि शीघ्र सञ्चालनमाल्याउने गरि निर्माण तथा सजावटको कामभईरहेको बताए ।

बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा खोल्नुले पनि बैंक आक्रमक रूपमा शाखाविस्तार गरि रहेको बुझिन्छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखातथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ९ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।