Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समिति बैठक, पौडेल र सिटौला पक्षिय नेताहरुकाे बहिष्कार



प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक कलह गहिरिदै गएको छ । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै आएको नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले मंगलबारको नेकेन्द्रीय कार्यसमिति बैठकमा सहभागीता जनाएको छैनन् ।

केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक हलमा छन् । तर, पौडेल, सिटौलासहितका नेताहरु केन्द्रीय कार्यालयमा भएपनि बैठक हलमा गएका छैनन् । उता महामन्त्री शशांक कोइराला भने बैठकमा सहभागी भएका छन् ।

अनुशासन र निर्वाचन समिति अर्ध न्यायिक निकाय भएकाले सहमतिमा र एकै पटक गठन गर्नुपर्ने पौडेल र सटौला पक्षिय नेताहरुको माग रहेको छ ।अघिल्लो केन्द्रीय कार्यसमितिले महासमितिमा पार्टी सभापति देउवाले गरेको बाचाविपरित बहुमतका आधारमा विधान पास गरेको थियो, जसमा पौडेल र सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेका छन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ९ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।