Logo

स्वास्थ्य

चीनले कोरोनाको खोप फ्रन्टलाईनमा काम गर्नेहरुलाई मात्र लगाउने



चीनले यस चरणमा कोभिड–१९ बिरूद्ध सम्पूर्ण जनसंख्या खोप दिनु आवश्यक नपर्ने बताएको छ । कोोना भाइस हटिसकेकाले यतिबेला केबल फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी अनि उच्च जोखिम भएका नागरिकहरुलाई मात्र प्राथमिकतामा राख्ने निर्णय भएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अध्यक्ष गाओ फुले बताएका हुन् ।

सो कदमले भाइरस नियन्त्रणको क्षमतामा, बेइजिङको बढ्दो आत्मविश्वास स्पष्ट पारेको पनि उनले बताए । सरकारी समाचार एजेन्सी चाइना समाचार सेवाका अनुसार अध्यक्ष गाओ फुले भनेका छन्, “वुहानमा कोभिड–१९ को पहिलो लहर सुरु भएदेखि चीनले धेरैपटक संक्रमणका लहरहरुको सफलतापूर्वक सामना गरिसकेको छ ।

त्यसैले पनि चीनको अहिलेको अवस्था हेर्दा ठूलो स्तरमा खोप लगाउन जरुरी नदेखिएको बताएका छन् । ” तर यदि बीचमा कुनै अर्को गम्भीर प्रकोप सुरु भएमा चाहिँ यसबारे पुनः विचार गरिने उनले बताएका हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : ४२ बजे