मापदण्ड विपरित सेनिटाइजर उत्पादन गर्ने थप चारवटा कम्पनी कार्बाहीमा परेका छन् । औषधि व्यवस्था विभागले चीनको ग्वाङझाउस्थित ओपाकेल नन वासिङ एन्टिबेक्टेरियल सलुसन, ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर , भारतको आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजर विक्री वितरण रोक लगाइएको हो ।
अनुगमनका क्रममा उक्त कम्पनीहरुले गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्दै विक्री गरेको पाइएकाले अब देखि सेनिटाइजर विक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
केही दिनअघि मात्र हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ गरी ५ वटा स्यानिटाइजरमा विषाक्त मिथानोल पाइएपछि रोक लगाइएको थियो ।
प्रतिक्रिया