Logo

प्रमुख समाचार

मुस्ताङको बोक्सीखोलामा चौंरीको आलो रगत खाने मेला सुरु



मुस्ताङमा चौंरीको आलो रगत खाने मेला सुरु भएको छ । जिल्लाको बोक्सीखोलामा विभिन्न स्थानीय तहमा बर्सेनि रगत खाने मेला सोमबारदेखि सुरु भएको हो । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लाग्ने गर्छ ।

पशुको स्वास्थ्य अवस्था परीक्षण गरेर रगत निकालिने गरिन्छ । वसन्त ऋतुको सन्तुलित याममा खर्कबाट बस्तीछेउ झारिने चौंरीको रगत बिक्री गर्ने पुरानै प्रचलन हो ।

हिमाली लेकका चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा उक्त रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने, स्वास्थका लागि लाभकर र प्राकृतिक उपचार हुने जनविश्वासले मेलामा सर्वसाधारणको घुईँचो लाग्ने गर्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।