Logo

समाचार

बेलायतमा मंगलबार एकैदिन हालसम्मकै धेरै संक्रमित थपिए



मंगलवार बेलायतमा एकैदिन ५३ हजार १३५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै बेलायतमा संक्रमित हुनेको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ ।

मंगलबार थपिएको संक्रमितको संख्या हालसम्मकै उच्च रहेको बेलायती स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै मंगलवारमात्रै बेलायतमा ४१४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ७१ हजार ५६७ जनाको मृत्यु भैसकेको छ । 

त्यस्तै गत सोमवार बेलायतमा ४० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका थिए । पछिल्लो समय बेलायतमा संक्रमितको संख्या थपिने क्रम बढ्दै गएको पाईएको छ । 

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ११:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।