Logo

प्रमुख समाचार

नवलपुरमा हावाहुरीसहित भारी वर्षा, दुर्घटनाकाे त्रासले विद्यालय बन्द, सतर्क रहन आग्रह



नवलपुरमा हावाहुरीसहित भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

त्यसैगरी देवचुली, गैंडाकोट, मध्यविन्दु नगरपालिकालगायत सबैजसो स्थानमा विद्यालय बन्द गरिएको छ । कावासोतीमा आज बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ ।

मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।