Logo

राजनीति

अदालतबाट छुटेलगत्तै विप्लव समूह परित्याग घोषणा



नेकपा विप्लव समुहकी रुपन्देही नेतृ कल्पना सुवेदीले सो पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले विगतमा आफु त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अबका दिनका पार्टी परित्याग गरेको जनाएकी छन् ।

विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस बिज्ञप्ति मार्फत सवै पदबाट राजीनामा दिएको घोषणा समेत गरेकी छन् । उनले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफुले राजीनामा दिएको समेत बताएकी छन् ।

विप्लव माओवादी भएको भन्दै प्रहरीले समेत पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएकी सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफु बाच्ँन चाहेकाले राजीनामा दिएको बताइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १३:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।