Logo

स्वास्थ्य

आइतबार ४२१ जना संक्रमित थपिँदा ६३७ जना डिस्चार्ज र ८ को मृत्यु



पछिल्लो २४ घण्टामा देशभर थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ५४ हजार ४९४ निको भएका छन् । गत २४ घण्टामा मात्रै ६३७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७८ पुगेको छ । 

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार १६:३६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।