Logo

प्रदेश

पाल्पाली संगमको सचिवमा पत्रकार भण्डारी



पाल्पाबाट काठमाडौ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सवै भन्दा पुरानो साझा संस्था पाल्पाली संगमको नयाँ कार्यसमिति चयन गरिएको छ ।

निवर्तमान उपाध्यक्ष पदम न्यौपानेको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा सेमन्तमणी खराल र केशव आचार्य, महासचिवमा विष्णु खत्री, सचिवमा जीवन भण्डारी र पाण्डव खत्री र कोषाध्यक्षमा सनिल नेपाल निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा रामचन्द्र भण्डारी, संजयकुमार श्रेष्ठ, संजय भट्टराई, गोपाल राना, थान बहादुर कुँवर मगर, सिता कार्की, मञ्जु ढकाल आचार्य र बालकृष्ण पोखरेल रहनु भएको निर्वाचन समितिका संयोजक राजेश पन्थीले जानकारी दिए।

काठमाडौमा बस्ने पाल्पालीहरुलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध कृयाकलाप गर्दै आइरहेको संस्था झण्डै चालिस बर्षदेखि क्रियाशिल रहेको महासचिव खत्रीले बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ०१:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।