Logo

कोशी प्रदेश

पत्रकारको नाकको हड्डी भाँच्न मेयरले छुट्याए एक करोड



इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई कुटपिटको धम्की दिएका छन् । पत्रकार विराट अनुपमको फेसबुक पोस्टमा मेयर चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि यसबारे अनुपमले बुझ्न खोज्दा मेयर चौधरीले नाकको हड्डी भाँच्ने धम्की दिएका हुन् ।

‘अब तिम्रो नाकको हड्डी भाँच्न बाँकी छ,’ मेयर चौधरीले फोनमा धम्क्याउँदै भनेका छन् । मेयर चौधरीले पत्रकार अनुपमको स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए ।

‘तिमीले के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तिम्रो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,’ फोनमा मेयर चौधरीले भनेका छन्, ‘अब म गुन्डागर्दीमै उत्रिएँ । तिम्रो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ ।’

याे पनि पढ्नुहाेस् 

कार्यकर्तालाई प्रचण्डले दिए यस्तो निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ पनि सचेत गराए ।

मंगलबार राजधानीमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले संविधान सम्झौंतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको पनि स्पष्ट पारे ।

नेकपा सचिवालय बैठक सकियो, यस्तो भयो सहमति

नेताहरूको कार्यविभाजन र पार्टीका विभिन्न विभाग गठनमा सहमति जुट्न नसकेपछि सत्तारुढ नेकपाको बैठक भोलि मध्याह्नसम्मका लागि स्थगित भएको छ ।

प्रधामनन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठक भोलि मध्याह्न १२ बजे बस्नेगरी स्थगित भएको नेता झलनाथ खनालले जानकारी दिए ।कार्यविभाजनमा छलफल भएपनि सहमति जुटिनसकेकाले भोलि मध्याह्न पुनः बैठक बस्ने खनालले बताए ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।