छत्रदेव गाउँपालिका वडा न.७ काहुले निवासी टिकाराम पाण्डे र श्रीमती टीकादेविको कान्छो छोरा स्व. बिष्णु प्रसाद पाण्डेको सम्झनामा दाजु हरु जीवन, गुनाखर, ईश्वरी र हिमलाल पाण्डेले प्रतीक्षालयको निर्माण गरेका छन् ।
२०७४ साउन २४ गते २५ बर्षको उमेरमा बुटवलमा निधन भएका भाइको सम्झ्नामा छत्रदेव ७ काहुले डाँडेपोखरी मा प्रतीक्षालय निर्माण गरिएको दाजु ईश्वरीले बताए ।
शुक्रबार एक कार्यक्रमका बीच वडा अध्यक्ष शोभाखर पाण्डेले प्रतीक्षालयको उद्घाटन गरेका छन । कार्यक्रममा गाउँका स्थानीय नेता, बुद्धिजीवी र युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
वडा अध्यक्षले यो प्रतीक्षालयले धेरैलाई सहयोग गर्ने र बाटो हिड्ने बटुवालाई छाहारि मात्र होइन बिकास निर्माणमा गाउँबासीको भूमिका बढ्नुमा सहयोग मिल्ने कुरा व्यक्त गरेका छन् ।




















प्रतिक्रिया