असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिवार विस्थापित भएका छन् । विस्थापितहरुलाई गाउँपालिकाले सोमबार हेलिकप्टरबाट राहत सामग्री पुर्याएको हो ।
पहिरोले पेपुवाका २९ परिवार विस्थापित भएका थिए भने २२ परिवार भन्दा बढी पहिरोको उच्च जोखिममा परेका छन् । विस्थापितहरुलाई गाउँपालिकाले १ सय १७ बोरा चामल, १२ बोरा दाल, सय किलो नुन, ७२ थान पाल लगायतका राहत सामग्री वितरण गरेको छ ।
५३ जनाको हेलिकप्टरबाट उद्दार
पहिरोबाट विस्थापित पेपुवाका ५३ जनालाई हेलिकप्टरबाट उद्दार गरेर गाउँपालिका कार्यालय नुम लगिएको छ । पहिरोबाट उच्च जोखिममा परेका मकालु–५का चार वटा गाउँका ५३ जनालाई गाउँपालिकाले उद्दार गरेर नुम लगेको हो ।




















प्रतिक्रिया