Logo

कोशी प्रदेश

पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार



असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिवार विस्थापित भएका छन् । विस्थापितहरुलाई गाउँपालिकाले सोमबार हेलिकप्टरबाट राहत सामग्री पुर्‍याएको हो ।

पहिरोले पेपुवाका २९ परिवार विस्थापित भएका थिए भने २२ परिवार भन्दा बढी पहिरोको उच्च जोखिममा परेका छन् । विस्थापितहरुलाई गाउँपालिकाले १ सय १७ बोरा चामल, १२ बोरा दाल, सय किलो नुन, ७२ थान पाल लगायतका राहत सामग्री वितरण गरेको छ ।

५३ जनाको हेलिकप्टरबाट उद्दार

पहिरोबाट विस्थापित पेपुवाका ५३ जनालाई हेलिकप्टरबाट उद्दार गरेर गाउँपालिका कार्यालय नुम लगिएको छ । पहिरोबाट उच्च जोखिममा परेका मकालु–५का चार वटा गाउँका ५३ जनालाई गाउँपालिकाले उद्दार गरेर नुम लगेको हो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।