Logo

लुम्बिनी प्रदेश

महिलामाथि गोली हानी ४ लाख ६३ हजार लुटियो



रुपन्देहीमा मंगलबार अज्ञात समूहले गोली हानी एक महिलाको साथबाट ४ लाख ६३ हजार रुपैयाँ लुटेको छ । गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्लामाथि गोली प्रहार गरी उक्त रकम लुटिएको प्रहरीले जनाएको छ ।

कृषि विकास बैंकको शाखा कार्यालयबाट रकम झिकेर टेम्पोमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानी रकम लुटेर भागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीका अनुसार घटनामा मल्ल भने सशुशल छिन् । गोली टेम्पोको टायरमा लागेकाले क्षति हुन पाएन ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।