Logo

लुम्बिनी प्रदेश

वडाध्यक्ष सार्कीद्वारा बालकमाथि निर्घात कुटपिट



दाङको घोराही उपमहानगरपालिका वडा ४ का अध्यक्ष भीमबहादुर सार्कीले बालक भरत घर्तीलाई निर्घात कुटपिट गरेका छन् । आफ्नो घर अगाडि फूल टिपेको निहु्ँमा अध्यक्ष सार्कीले सोही वडाकै शान्तिनगरका नौ वषीय बालक घर्तीलाई बुधबार साँझ मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

कुटपिटका कारण बालकको कान र पेटमा गम्भीर चोट लागेको र गालामा निलडाम परेको छ । बायाँ कानको जालीमा समस्या देखिएको र यसबारे थप विस्तृत जानकारी पाउन एक साता लाग्ने घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरका डाक्टर विक्रम बुढाथोकीले बताए ।

रातभर कान दुखेर बालक छट्पटाएपछि जचाउँन बिहीबार बिहान अस्पताल लिएर गएको घाइते बालकका आमा रैमता घर्तीले बताइन् । वडाध्यक्षले सार्कीले घाइतेको उपचारबारे मौन बसेका छन् । उनले फूल टिपेर बदमासी गरेका कारण सम्झाउँदै आफूले बालकलाई थप्पड हानेको स्वीकार गरेका छन् ।

जनप्रतिनिधि नै कुटपिटमा उत्रेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । वडाध्यक्ष सार्कीलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार ०८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।