Logo

स्वास्थ्य

२४ घण्टामा ४ सय ८८ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ५ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ । 

गत २४ घण्टामा ५ सय २७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।      

त्यस्तै, मन्त्रालयका अनुसार सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको छ । 

 

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।