नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।
हाल देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।




















प्रतिक्रिया