Logo

कर्पोरेट फोकस

अब सामाजिक सञ्जालमार्फत कमाएको पैसा नेपालकै बैंक खातामा 



अब सामाजिक सञ्चाल मार्फत कमाएको पैसा नेपालकै खातामा आउने भएको छ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालले आम्दानी गरेको पैसा अब नेपालकै बैंक खातामा ल्याउने गरी नयाँ व्यवस्था गरेको हो । हाल युट्युव लगायतका सामाजिक सञ्जालबाट आम्दानी भएको रकम वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् प्रवाह हुने प्रचलन गरहेको थियो ।

एकातिर घुमाउरो बाटोबाट रकम आउँने र त्यसमा पनि बंकले चर्को रकम असुलेर मात्र सामाजिक सञ्जाल प्रयोगकर्तालाई भुक्तानी गर्ने गरेको बारे समाचार प्रकाशन भएको थियो । आफ्ना ग्राहकको रकममा कैंची चलाएर नेपाल ईन्भेष्टमेन्ट बैंकले बदमासी गरेको बारे अनलाइनपानाले केही समय अगाडि समचार प्रकाशन गरेपछि नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको बुझिएको छ ।

 

 
यस्तो छ राष्ट्र बैंकले जारी गरेको सुचनाः

119690778_656698504961561_3892509314721160771_n.png 

यो पनि पढ्नुहोस् :

नेपाल इन्भेष्टमेन्ट बैंकको लुट : ग्राहकको आम्दानीमा बैंकको कैची

 

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १२ : ०४ बजे