Logo

स्वास्थ्य

के हो थाइराइड ? यो रोग कसरि लाग्छ ? यसबाट बच्ने उपाय हरु के के हुन ?



शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन। यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्मोन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ। मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो।

थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ। हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ। थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ ।

​चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइड भएको खण्डमा के खाने के नखाने भन्ने जानकारी लिनु आवश्यक छ ।

लक्षण

हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन्।

कम हुँदा स् 

– शरीर गलेको महसुस हुने।
– शरीर सुन्निने।
– कपाल झर्ने।
– निन्द्रा नलाग्ने वा बढी लाग्ने।
– छाला फुस्रो हुने।
– महिनावारी गडबड हुने।

बढी हुँदा स्:

– तौल घट्दै जाने।
– शरीर तातो हुने।
– निन्द्रा नलाग्ने।
– मुटुको धड्कन बढेजस्तो हुने।
– हात–खुट्टा काँप्ने।
– चिडचिड पसिना आउने।
– बढी रिस उठ्ने।

थाइराइडबाट बच्ने उपायहरु:

थाइराइड ग्ल्याणले हाम्रो शरीमा आयोडीनलाई लिएर थाइराड हर्मोन उत्पादन गर्छ । यसका लागि हाइपोथाराइड भएको खण्डमा आयोडिन धेरै भएको खाने कुरालाई टाढा राख्न फाइदाजनक हुन्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।

कफि

कफिले सिधै थाइराइड बढाउँदैन । तर यसले थाइराइडको कारण उत्पन्न हुने दुखइलाई बढावा दिन्छ । जस्तै बैचनी तथा निन्द्राआदी यसका समस्या हुन् ।

रातो मासु

रातो मासुमा कोलस्ट्रोल तथा फ्याट बढी हुन्छ । यसको प्रयोगले तौल तिव्र रुपमा बढ्छ । थाइराइड हुनेको तौल त यसैपनि तिव्ररुपमा बढ्छ । जसका कारण थप समस्या हुन्छ ।

रक्सी

थाइराइड भएकालाई रक्सी , बीयरआदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत सम

वनस्पति घ्यू

वनस्पति घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटलआदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् ।

थाइराइड स् भ्रम र सत्य

थाइराइड समस्या जटिल र डराउनु पर्ने खालको होइन। यसले आयु घटाउँछ भन्ने भ्रम छ। त्यो गलत हो। थाइराइड भएपछि बच्चा हुँदैन भन्ने सोचाई पनि गलत हो। उपचारपछि सन्तान हुन्छ। थाइराइड भएकामा क्यान्सरको जोखिम हुने भएपनि अधिकांश अवस्थामा क्यान्सर नै हुन्छ भन्ने हुँदैंन। थाइराइड ग्रन्थी एक सेन्टिमिटरभन्दा ठूलो छ भने इन्जेक्सनको माध्यमबाट पानी वा मासु झिकेर जाँच गरिन्छ। यदि खराबी देखियो भने शल्यक्रिया गर्नुपर्छ। यदि फोका ४ सेन्टिमिटरभन्दा ठूलो छ र सास जाने नली थिचेको छ भने शल्यक्रिया गर्ने सल्लाह दिइन्छ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १ : ०१ बजे