Logo

स्वास्थ्य

कोरोना अपडेट : २४ घण्टामा दुई सय ४० जनामा कोरोना पुष्टि, थप ६ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप दुई सय ४० जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यू हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ । त्यस्तै थप ४ सय ७७ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल चार हजार ५८ जना आइशोलेशनमा छन् भने २३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म बीस लाख ८ हजार नौ सय ४४ वटा पीसीआर परीक्षण गरिएको छ ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।