Logo

साहित्य

को हुन् आमा ?



आमा तिमी महान छौ तिमी ममताकी मूर्ति
तिमि सृष्टिकर्ता, सौन्द्रयकी धनी तिम्रो रुपको वर्णन गर्न 
हजार जिब्रा भएका शेषनागले तँ सकेनन म कसरी सकुलि
आमा तिमी पनि जन्मिदा कसैकी छोरी थियौ 
बिहे गरेर्,अन्जान व्यक्ति को घर प्रवेश गर्दा 
तिमिलाइ नि कति गारो भएको थियो होला ?

कति पिडा दर्द लिएर मलाइ यस धर्तीमा जन्म त दियौ 
अरुको मेलापात ढिकि जाँतो गर्दै हुर्कायौ 
उमेर पुगेपछि सिनो भएको ठाउँमा गिद्द घुम्छ भने जस्तै  
अरुको गिद्दे नजर ममा परेको देखी 
यो समाजले चियो गर्न थाले पछि 
छोरी जन्मिएको तँ पराइ घर जाने भनि 
मेरो डोली सजाउने निधो गरेउ 
मलाइ तिम्रो र बाबाको काख ति साथि सङी 
ति मेरा वरिपरि नाच्ने पाठा पाठिहरु छोड्न मन तँ थिएन 
तर के गर्नु छोरी ठुलि भएपछि अरुको घरै जानुपर्ने चलन चलेकोले गर्दा 
एउटा सिन्दुर र पोतेमा अन्जान व्यक्तिलाइ मारे पाप पाले पुण्य भन्दै 
जीवन भरका लागी सुम्पिदै गर्दा ति तिम्रा आँखाबाट बलिन्द्र आँसु थामिएनन् होलान् ।

बिहे कै रातबाट जन्मिएको घरलाइ माइतिघर भन्दै 
बिहेको दोस्रो दिनबाटै अरुको घर सिगार्न पुगे
दिन बित्दै गयो, रात बित्दै गयो 
नौलो छँदा नौपुला गास, पुरानो भएँ पछि जगल्टाको नाश भने झै 
सासुको बुहार्तन्, श्रीमानको लात्तीको चोट खाँदा 
आमा तिमिले चोट लाग्दा मलम लगाएर सुम्सुम्याएको दिनहरु सम्झिदै 
आँखा भरी आँसु टलपल हुन्छ ।

विहान उठ्दा शिरानि भिजेको पत्तै हुदैन थियो 
विहानिको मिर्मिरेमा कोइलिको कुहु कुहु आवाजमा 
पँधेरामा गाग्री बोक्दै कोइलि सगै एकछिन भए पनि 
कुहुकुहु गर्दै उस्कै तालमा रमाउन खोज्थें 
पुराना यादहरुले बेला बेलामा हलचल मच्चाउथ्यो 
तर के गर्नु जिन्दगी यस्तै रहेछ भनेर मन बुझाउँनु सिवाए केही थिएन 
सासु, ससुरा, नन्द, श्रीमानले खाना खाउन्जेल पर्खिएर
श्रीमानले खाए पछि चिसो भएको जुठो खाना मुखमा गास हाल्दा वाक्क आउथ्यो
आमा तिमिले कोखाइ कोखाइ गरेर ख्वाएको याद आउँछ 
आमा त्यो तिमिले मेलाबाट गुन्द्रुक र रोटी पोको पारेर 
आफू अघाएसरी हाम्रो पेट भर्थेउ त्यो सम्झिदा नि आँखा रसाएर आउँछ 
बाहिर कतै गएर आउदा तिमिले 
तेल लगाएर २ चुल्ठो बाटेर राम्रो बनाएको कपाल 
सासुले चुल्ठो समाएर घुमाउदा मुटु नै चुढिएर आउछ । 

लोग्नेमान्छेहरु जति मनोमानि गरेर हिडेपनि 
उनीहरू सधैं राम्रो महिलाहरु जति पिडा बोकेर हिडेपनि 
समझदारी (चारदिवार) मै बस्नु पर्ने 
अलिकति बढी बोल्यो भने चोथाले भनेर 
नामाकरण हुनुपर्ने कस्तो रहेछ आमा यो बुहारी भन्ने जात ?
समय बित्दै गयो कति बेला आमा बन्न पुगेछु पत्तै भएन 
यिनै काखको बच्चा सगै खुसी खोज्न थाले 
आमा सन्तानको माया भनेको कस्तो हुँदो रहेछ ।

आफू आमा भएपछि मात्र थाहा पाएँ 
आमा आँगनमै खेले पनि, माटो मै ढले पनि 
भूईमै सुते पनि आँखा खोल्दा ओछ्यान मै हुन्थे 
त्यो अरु कोही नभएर तिमीले नै गथ्यौ
म पनि यिनै सन्तान को मुख हेर्दै जिन्दगी गुजार्न सिक्दै छु 
अब त आफूलाइ भन्दा सन्तान को खुशिमा रमाउने कोशिश गर्नुपर्छ जस्तो लाग्थ्यो 
तर के गर्नु सानो छँदा लड्लान की भन्ने पिर ठुला भएपछि मार्लान की भन्ने पिर
९ महिना कोखमा राख्दा कति दुख भोगें होला ।

तर सन्तान ठूलो भएपछि ९ मिनेट कुर्नुपर्दा 
आवाज ठूलो गर्दा त्यो मन कटक्क भएर आउँछ 
कोखमा रहँदा यो सन्सार मै नटेक्दा  
कस्तो जन्मिने हो श्रवण शक्ति नभएको हुने हो की 
अपांगता भएको हुने की भनेर मनमा अनेक कुरा खेल्थ्यो 
आमा हुँदा पनि सुखलाइ अगाल्न गारो नै  हुँदो रहेछ 
बुढापाकाहरुको उखान आमा बाबुको मन छोरा छोरी माथि 
छोरा छोरीको मन ढुङ्गा मुडा माथि भन्ने थियो साँच्चै नै हो रहेछ
के गर्नु जस्तो फल रोप्छौ उस्तै फल पाउँछौ ।

जति ठुला छोरा छोरी भएपनि 
आमा बाबुलाइ सन्तान बालखै छ जस्तो लाग्छ 
घरमा बसेर रिमोट थिच्नुस सिधै अ्मृका पुगिन्छ भने जस्तै रहेछ 
आफुले जन्माएका सन्तानबाट बुढेसकालमा सुख खोज्नु भनेको 
अन्तिममा सासुको बुहार्तन त भोगें-भोगे 
बुहारीको कटु वचन र जोइटिग्रे छोराले गर्दा आज अनाथ आश्रममा सन्तान को माया खोजिरहेको छु

लेखिका : इन्दिरा शर्मा विबेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।