विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्दको खोप अभियान बेलायत, अमेरिका र अन्य विभिन्न देशहरु हुँदै भारतले पनि उक्त खोपको अभियन शनिबारबाट थालेको छ ।
शनिबार छिमेकी देश भारतमा कोरोना विरुद्ध खोप अभियान अन्तर्गत सुरु अर्थात् पहिलो दिन करिब २ लाख जनाले खोप लगाएको त्यहाँको मन्त्रालयले बताएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१ हजार नागरिकलाई खोप दिइएको हो । तीन हजार ३५१ सत्रमार्फत कोभ्याक्सिन र कोभिसिल्ड खोप दिइएको बताएको हो ।
भारतीय स्वास्थ्य मन्त्रालयले खोप लगाएका कसैमा पनि कुनै समस्या नदेखिएको दाबी गरेको छ, तर दिल्लीमा खोप लिएका केही व्यक्तिमा एलर्जीको समस्या भएको घटना दर्ता भएका छन् । मिडिया रिपोर्टका अनुसार ती मानिसलाई स्थानीय प्रशासनले निगरानीमा राखेको छ । त्यहाँका अधिकारीले भनेका छन्, ‘खोप अभियानको पहिलो दिन पक्कै पनि केही समस्या देखिन्छन्, तर उनीहरूलाई अहिले ठीक पारिसकेका छौं ।’
भारतमा सञ्चालित यो खोप अभियानलाई विश्वकै ठूलो खोप अभियानको नाम दिईएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत सार्वजनिक गरेको तथ्यांक यस्तो रहेको छ ।





















प्रतिक्रिया