जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ । कर्फ्यू आदेश सकिनु अघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी शुक्रबार सो कुरा जनाएको हो ।
बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटन क्षेत्रमा झडप भएपछि शुक्रबार बिहानैदेखि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि नयाँ नियम लागू गर्ने निर्णय गरेको हो । कर्फ्यू भने शुक्रबार बेलुका १० बजेपछि निष्क्रिय भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले नियमका लागि स्थानहरू समेत तोकेको छ । प्रशासन कार्यालयको अनुसार रातो मत्स्येन्द्रनाथ भएको पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा ललितपुर महनगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभिसर्य स्कलुल र उत्तरमा बखुण्डो चोक अगाडिको ५ जना भन्दा बढी भेला हुन पाइने छैन ।
त्यस्तै श्री मिन नाथको रथ रहेको पूर्वमा मंगलबजारको चोक, पश्चिममा मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिणमा पूर्वचण्डी मन्दिर र उत्तरमा पिमवहाल क्षेत्रभित्र आजदेखि २६ गतेसम्म बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म भेला हुन पाइने छैन।
आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ।
विज्ञप्ती हेर्नुहोसः
प्रतिक्रिया